ताजा समाचार


नेतृत्वमा आएर नेपाली क्रिकेट सुधार गर्ने प्रयासमा हुनेछु : पारस खड्का

द रियल समाचार     २०७८ श्रावण २०, बुधबार, १७: ५५ मा प्रकाशित




काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आफू क्रिकेटबाट टाढा नभएको बताएका छन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि बुधबार पत्रकार सम्मेलन गर्दै क्रिकेटबाट आफू टाढा नभएको र केबल भूमिका मात्र बदलिएको बताएका हुन् ।

‘म क्रिकेटबाट टाढा भएको छैन, म क्रिकेटसँगै रहने छु । केबल मेरो भूमिका मात्र फेरिने छ’, पारसले भने । ‘म क्रिकेट संघको नेतृत्वमा आएर नेपाली क्रिकेटको सुधार गर्ने प्रयासमा हुनेछु’, उनले थपे ।

पारसले २ वर्ष अगाडि नै सन्यास लिने सोचमा रहेको भएपनि टिमलाई सहयोग गर्न मात्र राष्ट्रिय टिममा बसेको बताए ।

‘मैले २ वर्ष अगाडि नै सन्यास लिने सोच बनाएको थिएँ’, पारसले भने, ‘टिमलाई सहयोग गर्नु पर्छ भनेर मात्र बसेको थिएँ, २ वर्ष पूरा भएपछि छाडेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top