काठमाण्डौ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
साउन ११ गते यादव पक्षले जसपाको आधिकारिकता पाएपछि महन्थ ठाकुर साउन १५ गते उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च पुगेका थिए ।
सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अदालतले यसअघि ठाकुरले दायर गरेको त्यही विषयसँग सम्बन्धित रिट निवेदन सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको हो ।
यससँगै उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएको विषयले कानुनी रुपमा समेत वैधता पाएको छ ।
प्रतिक्रिया