ताजा समाचार


सम्मानजनक रुपमा पद छाड्न तयार छु : शाक्य

द रियल समाचार     २०७८ श्रावण २०, बुधबार, १७: ४२ मा प्रकाशित




काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफू सम्मानजनक रुपमा पद छाड्न तयार रहेको बताएका छन् ।

बुधबार शाक्यले पत्रकारहरुसँग कुराकानी गर्दै आफू सरकारले खटाएको जुनसुकै पद र स्थानमा रहेर काम गर्न तयार रहेको बताए ।सम्मानजनक रुपमा बाहिरिन कुनै समस्या नरहेको, तर आफूमाथि अपमान र अन्याय भए अदालत जाने उनको भनाइ छ ।

उनले सरकारले राजीनामा मागेको विषय ‘हल्ला’ मात्रै भएको बताएका छन् । आफूसँग राजीनामा नमागिएको तर प्रधानमन्त्री र मन्त्रीले बोलाएर वैकल्पिक व्यवस्थाबारे छलफल गरेको उनले स्वीकार गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणमा पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई नै ल्याउन ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो आदेश दिएका थिए ।

शाक्यको कार्यकालमा प्राधिकरण झनै घाटामा गएको भन्दै असन्तुष्ट रहेकी ऊर्जामन्त्री पम्फा भुसालले मंगलबार शाक्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top