जनकपुरधाम । जनकपुरधाममा सुविधा सम्पन्न होटल राजघराना एण्ड फ्यामली रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । स्थानीय शंकर साहले करिव पौने दुई करोडको लागतमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।
बुधबार एक समारोहका बीच रिबन काटेर होटलको शुभारम्भ गरिएको छ । जनकपुरका अन्य होटलको तुलनामा यहाँ सस्तो एवं भरपर्दो सेवा दिने सञ्चालक साहले बताए ।
उनले आफ्नो होटलमा जम्मा ११ वटा डिलक्स रुमहरु रहेको र शुल्क पनि अन्यको तुलनामा सस्तो रहेको जानकारी दिए । साथै १०० जनासम्म अट्नेखालको मिटिङ्ग हल समेत रहेको उनले बताए ।
होटलमा जन्मदिन वा अन्य पार्टी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने उनले बताए । उनले भने,‘ग्राहकले खाना वा खाजाको पैसा मात्र तिनुपर्छ । कोठा बुक गरेर बस्दा हामीले खाजा निःशुल्क दिन्छौं ।’
प्रतिक्रिया