जनकपुरधाम । धनुषामा एक किशोरको शव पोखरीमा फेला परेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–६ का शुभालाल मजिहारका १५ वर्षीय छोरा अमनको शव पोखरीमा फेला परेको हो ।
बुधबार दिउँसो करिब १२ बजेको समयमा हरिपुरस्थित सार्वजनिक पोखरीमा अमन मृत भेटिएका हुन् । स्थानीयका अनुसार राँगा नुहाउन गएको बेला उनी डुबेको हुनसक्ने अनुमान गरिएको छ ।
घरदेखि करिब ३०० मिटरको दुरीमा रहेको महराजी पोखरीमा पानीमा तैरिरहेको अवस्थामा अमन मृत भेटिएका हुन् ।
स्थानीयका अनुसार उनले पानी समेत नखाएको देखिएकोले उनको मृत्यू शंकास्पद रहेको छ । स्थानीयले उनलाई पोखरीमा तैरिरहेको अवस्थामा देखेपछि परिवारजनलाई खबर गरेका थिए ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया