ताजा समाचार


काठमाण्डौ उपत्यकामा थप एकसाता निषेधाज्ञा

द रियल समाचार     २०७८ श्रावण १९, मंगलवार, १७: ३३ मा प्रकाशित




काठमाण्डौ । काठमाण्डौ उपत्यकामा थप एकसाता निषेधाज्ञा लम्बिएको छ । आज बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले साउन २७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

अबको निषेधाज्ञामा अनुगमनलाई कडा बनाउने समेत निर्णय गरिएको छ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा साउन २० गते मध्यरातसम्म कायमै छ । साउन पहिलो सातादेखि नै निषेधाज्ञा खुकुलो पारिएको थियो ।

निषेधाज्ञा खुकुलो पारिएसँगै संक्रमण बढ्न थालेको छ । निषेधाज्ञाको समयमा जनस्वास्थ्यसम्बन्धी मापदण्ड कडाइका पालना गर्न गराउन सबैमा आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top