ताजा समाचार


लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

द रियल समाचार     २०७८ श्रावण १९, मंगलवार, १७: २९ मा प्रकाशित




बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रदेशसभाका विपक्षी दलले सो प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशनको माग गरेका छन् ।

उनीहरुले मंगलबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विशेष अधिवेशनका लागि निवेदन दिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरी प्रस्तावमाथि छलफलको माग गरेका हुन् ।

उनीहरुले मंगलबार नै प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाको समर्थन नरहेको भन्दै उनीहरुले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top