ताजा समाचार


चार करोड बराबरको लागूऔषधसहित १३ जना पक्राउ

द रियल समाचार     २०७८ श्रावण १९, मंगलवार, १६: ४५ मा प्रकाशित




काठमाण्डौ । झण्डै चार करोड रुपैयाँ बराबरको लागूऔषध कोकिन सहित प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले त्यति ठुलो परिमाणमा लागूऔषध कोकिन सहित १३ जनालाई काठमाण्डौको बिभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १ किलो ५ सय १२ ग्राम कोकिन पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार काठमाडौंको पकनाजोलको एक होटलबाट साउन ७ गते पक्राउ परेका चार जनाको साथबाट प्रहरीले ५ सय ग्राम कोकिन बरामद गरेको थियो । पक्राउ परेका मध्ये मन गुरुङको डेरा खानतलासी गर्दा २ किलो ४ सय ग्राम सुन समेत फेला पारेको व्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए । प्रहरीले बरामद गरेको सुन नक्कली भएको पुष्टि भएको छ ।

चितवन भरतपुर महानगरपालिका ७ बाट प्रहरीले साउन १० गते गोरखा बारपाक घर भएका ४५ वर्षीय सुरोज गुरुङलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनी पक्राउ परे लगत्तै अन्य अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीको दाबी छ ।

प्रहरीले अञ्जु थापा मगरलाई ३ सय २९ ग्राम कोकिन र ७ लाख ५० हजार सहित पक्राउ गरेको थियो । त्यस लगतै थप अनुसन्धान गर्दा रानीवारी बस्ने मुना तामाङ र रक्की आले मगरलाई नियन्त्रणमा लिएको व्युरोले जनाएको छ ।

साउन ११ गते प्रहरी काठमाडौं रानीबारीबाट नै रोयल थापा मगर, टोखाबाट सन्दीप पटेल, मिराज ढकाललाई नियन्त्रणमा लिएको र त्यसपछि सुदन शाक्य र मछिन्द्र धमला पक्राउ परेको व्युरोको भनाई छ । बरामद गरेको कोकिनको बजार मुल्य करिव साढे चार करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top