ताजा समाचार


अजय देवगण अभिनित चलचित्र भुजको दोस्रो ट्रेलर सार्वजनिक

द रियल समाचार     २०७८ श्रावण १९, मंगलवार, १६: २३ मा प्रकाशित




एजेन्सी । बलिउड कलाकार अजय देवगण अभिनित चलचित्र भुजको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । देवगणले सामाजिक सञ्जालमा पोस्ट गर्दै भुजको दोस्रो ट्रेलर सार्वजनिक भएको जानकारी दिएका हुन् ।

फिल्ममा अजय देवगणको साथमा सोनाक्षी सिन्हा, नोरा फतेही, संजय दत्त र एमी विर्क लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई अभिषेक धुधैयाले निर्देशन गरेका हुन् । । सन् १९७१ मा भारत पाकिस्तानबीच भएको लडाइँलाई लिएर फिल्मको कथा बनाइएको छ ।

फिल्म अगस्ट १३ मा डिजिटल प्लेटफर्म मार्फत् रिलिज हुनेछ । सन् १९९१ मा फूल और काँटे फिल्मबाट बलिउडमा प्रवेश गरेका देवगणले १०० भन्दा बढी फिल्म खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top