काठमाण्डौ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानी भैरवचौरस्थित भैरव वचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही स्थानमा बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका १ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।
भैरव वचतमा बा ६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरूले पेस्तोल देखाइ डरत्रासमा पारी फरार भएको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले दुवैजनालाई एक थान नक्कली पेस्तोल र स्कुटरसहित पक्राउ गरिएको हो ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया