ताजा समाचार


निर्वाचन आयोगद्वारा ४१ दलको दर्ता खारेज

द रियल समाचार     २०७८ श्रावण १९, मंगलवार, १६: ०९ मा प्रकाशित




काठमाण्डौ । निर्वाचन आयोगले ४१ वटा दलको दर्ता खारेज गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंगलबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूर एक पटक भन्दा बढी गरेमा, दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

सोही व्यवस्थाका आधारमा आयोगमा विभिन्न समयमा दर्ता भएका ४१ दलको दर्ता खारेज गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top