ताजा समाचार


केपी ओली आफ्नै कारणले सत्ताबाट बाहिरिए : जीतेन्द्रनारायण देव

द रियल समाचार     २०७८ श्रावण ८, शुक्रबार, १९: ०८ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका सांसद जीतेन्द्रनारायण देवले केपी शर्मा ओली सत्ताबाट आफ्नै कारणले बाहिरिएको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको विशेष समयमा बोल्दै उनले संविधानबिपरितको काम गरेर ओली सत्ताबाट बाहिरिनुपरेको बताए । उनले ओलीले आफूले गरेको गल्तीको आत्मालोचना गर्नुपर्ने समेत बताए ।

सर्वोच्चको फैसलाबारे निरर्थक बहस गर्न नहुने सांसद देवको भनाइ थियो । उनले संविधानको सर्वोच्चमा कसैले पनि छोड्न नसक्ने बताए ।

एमालेभित्रकै सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध बिद्रोह गर्दा पनि केपी ओलीले प्रधानमन्त्रीको दावी गर्नु नै उचित नभएको उनको भनाइ थियो । उनले संसदीय सर्वोच्चतालाई कुनै प्रधानमन्त्रीले हस्तक्षेप गर्न नसक्ने तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top