ताजा समाचार


रेशम चौधरीको रिहाइ गर्न नेता झाको माग

द रियल समाचार     २०७८ श्रावण ८, शुक्रबार, १८: ४७ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टीका सांसद एवं पूर्वमन्त्री अनिल झाले रेशम चौधरीको रिहाइ गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा झाले मुद्दा फिर्ता र बन्दीहरुको रिहाइको प्रक्रिया अघि बढाउन आग्रह गरे ।

एउटा मुद्दामा रहेका दुई जनालाई कलैयाबाट प्रहरीले पक्राउ गरेको भन्दै उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । पूर्ववर्ती सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश यथाशीघ्र पारित गर्न समेत झाले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top