ताजा समाचार


हेड काउन्ट रोक्न माग गर्दै जसपाको ठाकुर पक्ष सर्वोच्च अदालत पुगे

द रियल समाचार     २०७८ श्रावण ८, शुक्रबार, १८: ३७ मा प्रकाशित




काठमाण्डौ । निर्वाचन आयोगमा सोमबार हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ ।

आधिकारिता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि ११ साउनमा बोलाउने निर्णय गरेको थियो ।

नेताहरुका अनुसार ११ साउनमा हेड काउन्ट गर्दा जसपामा कायम समीकरणमा कुनै हेरफेर भएन भने उपेन्द्र यादव पक्षले आधिकारिता पाउनेछ ।

अल्पमतमा रहेको ठाकुरको तर्फबाट प्रदीप पाठकले दायर गरेको रिटमा हेड काउन्ट रोक्न माग गरिएको छ । कार्यकारिणी समितिमा गरेको हेरफेरलाई अद्यावधिक नगरी विवाद निपरुण प्रक्रिया अघि बढाउँदा पार्टी केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने रिटमा दाबी गरिएको छ ।

–अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top