ताजा समाचार


क्यान र डिस मिडिया नेटवर्कबीच उत्पादन तथा प्रसारण सम्झौता

द रियल समाचार     २०७८ श्रावण ८, शुक्रबार, १८: २१ मा प्रकाशित




काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्क लिमिटेडबीच उत्पादन तथा प्रसारण सम्झौता भएको छ ।

क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र डिस मिडियाका प्रवन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार क्यानको आयोजनामा हुने सम्पूर्ण प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस मिडिया नेटवर्कको एक्सन स्पोर्ट्स च्यानलले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top