काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो घर वरपर आएर बाँदर जुलुस ननिकाल्न आग्रह गरेका छन् । उनले आफ्नो घर वरपर बाँदरे प्रवृत्ति नदेखाउन पनि अनुरोध गरेका हुन् ।
काठमाडौंमा आयोजित एउटा कार्यक्रममा उनले आफूमाथि बारम्बार षडयन्त्र भएको पनि बताएका छन् । उनले अहिले संसदलाई जोगाएको र संविधानको रक्षा गरेको पनि बताए ।
उनले आफ्नो घर छिर्ने ठाउँमा केही युवाहरु आएर बसेको बताए । ‘मलाई तर्साउन,’ नेपालले भनेका छन्, ‘माधव नेपाल तर्सिने मान्छे हो र ?’
‘हामीले जायज काम गरेका छौँ, जायज र संविधानसंगत काम गरेका छौँ,’ नेपालले भनेका छन् ।
उनले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जनालाई आफूले विशेष सम्मान गर्ने बताए । ११ जना सांसद जसले देउवालाई विश्वासको मत दिने दिनमा संसद भवन छोडेका थिए, उनीहरुलाई पनि आफूले विशेष सम्मान गर्ने उनले बताए ।
प्रतिक्रिया