ताजा समाचार


एमाले उपाध्यक्ष रावलले दिएको राजीनामा फिर्ता

द रियल समाचार     २०७८ श्रावण ८, शुक्रबार, १७: ३८ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

रावलले शुक्रबार सभामुख अग्नीप्रसाद सापकोटालाई भेटेर पार्टी र जनताको आग्रह मान्दै आफूले राजीनामा फिर्ता लिने निर्णय गरेको बताए ।

रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु भन्दा अगाडि सांसद पदबाट राजीनामा दिएका थिए ।

पार्टी एकताको लागि देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top