ताजा समाचार


गण्डकी प्रदेश सरकारमा ६ मन्त्री थपिए

द रियल समाचार     २०७८ श्रावण ८, शुक्रबार, १७: ३४ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारमा ६ मन्त्री थपिएका छन् । माओवादीबाट ३ र कांग्रेसबाट ३ जना सांसद मन्त्री पदमा नियुक्त भएका हुन् ।

कांग्रेसका मेखलाल श्रेष्ठ, मणिचन्द्र शर्मा र विन्दुकुमार थापा मन्त्री बनेका हुन् । यस्तै, माओवादीका रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढा मन्त्री नियुक्त भएका हुन् । यससँगै गण्डकी मन्त्रीपरिषद ११ सदस्यीय भएको छ ।

उनीहरूलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् । यसअघि सामाजिक विकास मन्त्री रहेका कुमार खड्काको जिम्मेवारी हेरफेर भएको छ । उनलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २९ जेठमा नियुक्ति र सपथ लिँदा कांग्रेसका कुमार खड्का, माओवादीकी मधु अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top