ताजा समाचार


टोकियो ओलम्पिक आजबाट सुरु हुँदै

द रियल समाचार     २०७८ श्रावण ८, शुक्रबार, १७: २८ मा प्रकाशित




एजेन्सी । विश्व खेलकुदको महामेला टोकियो ओलम्पिक जापानको राजधानी टोकियो सहरमा आजबाट सुरु हुँदैछ ।

३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक आजबाट टोकियोमा सुरु हुन लागेको हो । यसमा ३३ खेलका ३३९ विधा समेटिएको छ । टोकियो ओलम्पिकमा २०६ देशका ११ हजार २३८ खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन् ।

नेपालको तर्फबाट गौरिका र एलेक्ससहित जुडोकी सोनिया भट्ट, सुटिङकी कल्पना परियार र एथ्लेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउने छन् । गौरिका, एलेक्स र सरस्वतीले आ–आफ्नो खेलको अनिवार्य कोटा तथा सोनिया र कल्पनाले वाइल्ड कार्डमार्फत् टोकियो ओलम्पिकमा सहभागी हुने अवसर पाएका हुन् ।

गौरिकाले महिला र एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । सोनियाले महिला ४८ केजी मुनि तौल समूहमा आफ्नो चुनौती पेस गर्नेछिन् । कल्पनाले महिला १० मिटर एयर राइफल र सरस्वतीले १०० मिटर महिला दौडमा सहभागिता जनाउने छिन् ।

ओलम्पिकको औपचारिक सुरुवात आजदेखि हुने भए पनि फुटबल र सफ्टबल भने बुधबारदेखि नै सुरु भइसकेको छ । आज आर्चरी, घोडचढी र रोविङका खेलहरू सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top