काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसुकै महँगो भए पनि जनतालाई किनेर कोरोनाविरुद्धको खोप लगाउने बताएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
संसदमा देउवालाई बधाई दिने क्रममा बोलेका सांसदहरुले जनतालाई कोरोना खोप उपलब्ध गराउने विषयमा सरकारको मुख्य ध्यान हुनुपर्ने भन्दै खोपको व्यवस्थापनका लागि आग्रह गरेका थिए ।
सोही आग्रहप्रति प्रतिवद्धता जनाउँदै प्रधानमन्त्री देउवाले आफूले खोपको व्यवस्थापनमा मुख्य ध्यान दिएको बताए । उनले आफूले खोपका लागि आवश्यक पहल गरिरहेको बताए ।
खोप जतिसुकै महँगो भए पनि सहयोग मागेर अथवा किनेरै सम्पूर्ण नेपालीलाई लगाउने प्रतिवद्धता व्यक्त गरे । उनले जुनसुकै शर्तमा खोपको व्यवस्था गर्ने बताए ।
प्रतिक्रिया