ताजा समाचार


शुक्रबार २९७७ नयाँ संक्रमित थपिँदा १६७८ संक्रमणमुक्त, १८ जनाको मृत्यु

द रियल समाचार     २०७८ श्रावण ८, शुक्रबार, १६: ४६ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ३ सय ८ जनाको एन्टिजेन तथा पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

१३ हजार ६ सय ९८ नमुनाको पिसिआर विधिबाट र ३ हजार ६ सय १० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३९ हजार ३ सय ६८ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top