ताजा समाचार


महोत्तरीमा १२५ वर्षीय पूजारीको निधन

द रियल समाचार     २०७८ श्रावण ७, बिहीबार, १८: २७ मा प्रकाशित




महोत्तरी । महोत्तरीमा १२५ वर्षीय पूजारीको निधन भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्हीस्थित महारानी मन्दिरका पूजारीको बिहीबार बिहान निधन भएको हो ।

५० वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आएका बाबा वैदेही दासको बिहीबार बिहान ७ बजे निधन भएको बताइएको छ ।

भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनी सुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आएका थिए । स्थानीयवासीका अनुसार योग गर्नुहुने उनले बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग गरेका थिएनन् ।

पुजारी बाबा वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरूको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top