ताजा समाचार


प्रधानमन्त्री देउवा र राजदूत किकुटाबीच भेटवार्ता

द रियल समाचार     २०७८ श्रावण ७, बिहीबार, १८: १० मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच भेटवार्ता भएको छ । राजदूत किकुटाले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।

भेटमा राजदूत किकुटाले जापानले दिने १६ लाख डोज खोप चाँडै आउने जानकारी दिएका छन् भने प्रधानमन्त्री देउवाले राजदूतलाई धन्यवाद दिएका छन् ।

यसअघि जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको थियो ।

जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top