पर्सा । वीरगञ्जमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका–३ सहजनपुरका ३५ वर्षीय पदमदेव राय चौधरी रहेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका–२४ रमगढवामा करेन्ट लागेर मोहित फुड प्रोडक्ट प्रालि (सोयाबिन फ्याक्ट्री) मा काम गर्ने चौधरीको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा पंखाको नाङ्गो तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया