ताजा समाचार


चीनमा आएको बाढीमा परी २५ जनाको मृत्यु, ७ बेपत्ता

द रियल समाचार     २०७८ श्रावण ७, बिहीबार, १७: ०५ मा प्रकाशित




एजेन्सी । चीनको हेनान प्रान्तमा अविरल वर्षाका कारण आएको बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भएको र ७ जना बेपत्ता भएको चीनको सरकारी मिडियाले जनाएको छ ।

अहिलेसम्म १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको छ । भीषण वर्षाबाट करिब १२ लाख मानिस प्रभावित भएका छन् ।

हेनान प्रान्तको राजधानी झेङझाउ सहर वर्षाको कारण पुरै डुबेको छ । यस सहरलाई आइफोन निमार्णको सबैभन्दा ठुलो आधारको रूपमा लिने गरिन्छ ।

वर्षाका कारणले नै गर्दा झेङझाउ रेलवे स्टेशनका १६० भन्दा धेरै ट्रेन रोकिएका थिए । यसै गरी २६० वटा उडान रद्द गरिएको थियो । बेपत्ता भएका नागरिकको खोजी कार्य जारी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top