ताजा समाचार


माधव नेपालसहित सबैलाई आममाफी दिन तयार छु : केपी ओली

द रियल समाचार     २०७८ श्रावण ७, बिहीबार, १६: ५४ मा प्रकाशित




काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेकपा एमालेमा यसअघि कारवाही गरेका, स्पष्टिकरण सोधेका सबैलाई आममाफी दिने बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले वरिष्ठ नेता माधवकुमार नेपालसहित सबैलाई आफूले आममाफी दिने बताएका हुन् ।

उनmले भने,‘यो पार्टीमा जे हुनु थियो भयो, सबैभन्दा ठूलो दल भएर पनि हामी प्रतिपक्षमा बस्ने अवस्थामा पुगेका छौँ, कम्युनिस्ट आन्दोलनका लागि यो सबैभन्दा बढी ठूलो क्षति हो । आउनुहोस्, म सबैलाई आममाफी दिन्छु ।’

उनले २०२९ सालमा पनि आफूमाथि कू भएको दाबी गर्दै यसपटक पनि आफूमाथि कू भएको बताएका छन् । तर, अब यी सबै कुराहरु भुलेर आफू अगाडि बढ्ने पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top