काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएकाले देशमा कोरोना भाइरसको तेस्रो लहर फैलिन सक्ने भन्दै चेतावनी दिएको छ । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो ।
विज्ञप्तिमा लेखिएको छ,‘निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझीनबुझी लुकिछिपी जनस्वास्थ्यका मापदण्डहरू उल्लंघन भइरहेको देखिन्छ । विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा छ ।’
मन्त्रालयले संक्रमणको जोखि बढिरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भइ जिम्मेवार बनी जनस्वास्थ्य मापदण्ड पालन गर्नका लागि सबैमा अनुरोध गरेको छ ।
संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूले अक्सिजन, शैया लगायतका पूर्वाधारहरू तथा सेवाहरू चुस्तदुरुस्त राख्न अनुरोध गरेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया