एजेन्सी । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा बिहीबार विहान सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेस (सिबिडिटी)ले छापा मारेको छ ।
सिबिडिटीकी प्रवक्ता सुरभी अहलूवालियाले बिबिसी हिन्दीलाई यो छापा मारिएको विषयमा पुष्टि गर्दै अहिले अपरेसन जारी रहेको बताएकी छिन् । उनले यस विषयमा आफूले थप भन्न नमिल्ने पनि बताएकी छिन् ।
दैनिक भास्करका नेसनल एडिटर लक्ष्मीप्रसाद पन्तले पनि आफ्नो अफिसमा केही प्रहरी आएको तर के विषयमा उनीहरुले छानबिन गर्न खोजेको हो भन्ने पुष्टि नभएको बताएका छन् ।
भारतको चर्चित पत्रिका दैनिक भास्करले कोरोना महामारीको समयमा निकै धेरै खोजमूलक समाचार प्रकाशन गरेको थियो । यसमा सरकारले कोभिड प्रवन्धन गर्दा गरेका गल्ती देखाउँदै प्रश्नहरु पनि गरिएको थियो ।
यता, मिडियामा छापा मारिएपछि विपक्षी दलका नेताहरुले सरकारले मिडियालाई तर्साउन खोजेको आरोप लगाएका छन् ।
प्रतिक्रिया