ताजा समाचार


नहरमा डुबेर दुई किशोरको मृत्यु

द रियल समाचार     २०७८ श्रावण ७, बिहीबार, १४: १९ मा प्रकाशित




चितवन । चितवनमा नहरमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अकिंत जोशी र १४ वर्षीय विवेक शर्मा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए । नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अकिंत पनि बगेका हुन् ।

नहरमा बगेका उनीहरुलाई करिब २०० मिटर परबाट प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top