बाँके । बाँकेमा पौडी खेल्ने क्रममा खोलामा डुबेर तीन किशोरको मृत्यु भएको छ ।
जिल्लाको कोहलपुर नगरपालिका–१० मा रहेको डुडुवा खोलामा पौडी खेल्ने क्रममा तीनै जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा नेपालगन्ज उपमहानगरपालिका–११ का १८ वर्षीय राशिद जसगढ, सोही स्थानका १८ वर्षीय अरमान जसगढ र १६ वर्षीय आरिफ जसगढ रहेका छन् ।
बुधबार दिउँसो तीनैजना पौडी खेल्न भनी डुडुवा खोलामा गएका थिए । उनीहरू डुबेपछि प्रहरी परिचालन गरी खोजी गरिएको थियो । केही समयको खोजीपश्चात् तीनैजनाको शव बाहिर निकालिएको प्रहरी नायव उपरीक्षक खनाले जानकारी दिए ।
प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया