ताजा समाचार


गोली लागेर एक युवकको मृत्यु

द रियल समाचार     २०७८ श्रावण ७, बिहीबार, १४: ११ मा प्रकाशित




चितवन । चितवनमा गोली लागेर एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार उनको टाउकोमा गोली लागेको छ । नजिकै गोलीको खोका समेत भेटिएको छ । मृतक युवक करिब ३० वर्षको रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । मृतकको शव खेतबाट निकालेर घटनाको अनुसन्धान भइरहेको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top