काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । ठाकुर पक्ष दुईवटा मन्त्रालय लिएर सरकारमा जान लागेको हो ।
बुधबार बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भएको भेटवार्तामा सो सहमति भएको हो । ठाकुर र देउवाबीचको सहमतिमा अर्का अध्यक्ष उपेन्द्र यादवको पनि सहमति रहेको बुझिएको छ ।
प्रधानमन्त्री देउवालाई जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो । देउवाले साउन ३ गते प्रतिनिधिसभामा १६५ मतका साथ विश्वासको मत पाएका थिए ।
महन्थ पक्षले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा भने कुनै सहमति भएको छैन ।
प्रतिक्रिया