ताजा समाचार


नेकपा एमालेका २२ सांसदलाई स्पष्टीकरण

द रियल समाचार     २०७८ श्रावण ६, बुधबार, १६: ५६ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेले पार्टीको निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।

अदालतले विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने बाटो बन्द गरेको अवस्थामा एमालेले अदालतको आदेश आकर्षित नहुने भाषा प्रयोग गरी स्पष्टीकरण पत्र पठाएको हो ।

स्पष्टीकरणको कारणमा नयाँ प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दा अदालतको आदेश आकर्षित हुने अवस्था रहेकाले सांसदलाई पठाइएको पत्रमा उक्त कारण उल्लेख छैन ।

अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको स्पष्टीकरण पत्रमा पार्टी हित र संसदीय दलको विधान विपरीतका काममा लागेकाले किन कारबाही नगर्ने भन्ने प्रश्न गरिएको छ ।

यसअघि, ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको एमालेको केन्द्रीय समिति बैठकले २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top