ताजा समाचार


पाकिस्तानविरुद्धको तेस्रो खेलमा इंग्ल्यान्ड विजयी

द रियल समाचार     २०७८ श्रावण ६, बुधबार, १४: २६ मा प्रकाशित




एजेन्सी । पाकिस्तानविरुद्ध ३ खेलको टि–२० सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ । उसले मंगलबार भएको खेलमा ३ विकेटको जित हात पारेको हो । यो जितसँगै इंग्ल्यान्डले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ ।

पाकिस्तानले दिएको १५५ रनको लक्ष्य इंग्ल्यान्डले अन्तिम ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो । इंग्ल्यान्डका जेसन रोयले अर्धशतकिय पारी खेले । ३६ बलको सामना गरेका उनले १२ चौका र १ छक्काको मद्दतमा ६४ रन प्रहार गरे ।

डेविड मलानले ३२, जोस बट्लर र कप्तान इयान मोर्गान समान २१–२१ रनको योगदान दिए । पाकिस्तानका मोहमम्द हाफिजले ३, इमाद वासिम, हसन अली, उस्मान कादिर र शादब खानले समान १–१ विकेट हात पारे ।

यसअघि म्यानचेस्टरमा टस जितेर ब्याटिङ राजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका मोहम्मद रिजवानले उत्कृष्ट प्रदर्शन गरे । ५७ बलको समना गरेका उनले ५ चौका र ३ छक्काको मद्दतमा ७६ रन जोडे ।

फखर जमानले २४, हसन अलीले अविजित १५ र सोहेब मक्सुदले १३ रनको योगदान दिए । इंग्ल्यान्डका आदिल रशिदले ४ र मोइन अलीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो । पहिलो खेल ३१ रनले गुमाएको इंग्ल्यान्ड दोस्रो खेलमा ४५ रनले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top