ताजा समाचार


बागमती प्रदेश कांग्रेस संसदीय दलले प्रधानमन्त्री देउवालाई बुझायो ५ बुँदे अनुरोधपत्र

द रियल समाचार     २०७८ श्रावण ६, बुधबार, १४: ११ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बागमती प्रदेश कांग्रेस संसदीय दलले ५ बुँदे अनुरोधपत्र बुझाएको छ ।

प्रदेशका लागि केन्द्र सरकारले गर्नुपर्ने काम र प्रदेशमा आवश्यक काम अनुरोधपत्रमा राखिएको छ । कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ सहितको टोलीले आज प्रधानमन्त्री देउवालाई भेटेर अनुरोधपत्र बुझाएको हो ।

पत्रमा भनिएको छ, ‘इतिहासदेखि वर्तमानसम्म देशको हरेक विषम परिस्थितिमा नेपाली कांग्रेसले नेतृत्व लिँदै देश र जनताको हितमा काम गरिरहेको तथ्य हामी सामु रहेको स्मरण गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा रहेको सरकार सम्पूर्ण जनजाति, भाषा, धर्म, लिंग, समुदाय, उत्पीडित वर्गको हो भन्ने प्रत्याभुति गराउने ढंगले काम अघि बढाउनु हुन अनुरोध गर्दछौँ ।’

नेपाली कांग्रेसको नेतृत्वमा केन्द्र सरकार गठन भएसँगै देश एवं बागमती प्रदेशका जनताले प्रधानमन्त्रीबाट धेरै आशा एवं भरोसा गरेका पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top