पर्सा । पर्सामा अवैध चाँदीका गरगहनासहित एक ज्वेलर्सका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–२ मेघरा बस्ने ४३ वर्षीय अंगद साह रहेका छन् ।
भारतबाट अवैध रूपमा चाँदीका गरगहना ल्याएको आरोपमा प्रहरीले बुधबार बिहान साढे ८ बजे वीरगञ्ज महानगरपालिका–१६ बाट उनलाई पक्राउ गरेको हो । साह चितवन खैरेनी नगरपालिका–२ स्थित श्रीया ज्वेलर्सका सञ्चालक हुन् ।
उनले बोकेको कालो झोलाभित्र चाँदीका गरगहना ५ किलो ३३४ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेका साहलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बाराको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया