काठमाण्डौ । आफ्नो पक्षमा बहुमत सांसद जुटेसँगै जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पारित गरेको छ ।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले जसपाको संसदीय दलको विधान सर्वसम्मत रुपमा पारित गरेको हो ।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवको अगुवाइमा बसेको बैठकले विधान पारित गरेको जसपाका एक सांसदले जानकारी दिए ।
ती सांसदका अनुसार बैठकमा २० भन्दा धेरै सांसदको उपस्थिति थियो । अब संसदीय दलको बैठक बसी संसदीय दलको नेता चयन गर्नेदेखि सरकारमा सहभागी हुनेबारे निर्णय गर्ने भएका छन् ।
प्रतिक्रिया