ताजा समाचार


एमालेको १०औँ केन्द्रीय कमिटीको बैठकमा ९ बुँदे कार्यसूची पेश

द रियल समाचार     २०७८ श्रावण ५, मंगलवार, १६: ५८ मा प्रकाशित




काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीको सोमबारबाट सुरु भएको बैठक जारी रहेको छ ।

ललितपुरको च्यासलमा भइरहेको बैठकमा ९ बुँदे कार्यसूची पेश भएको छ । जसमा विवाद समाधानका लागि अगाडि सारिएको १० बुँदे प्रस्तावदेखि, नेपाल देउवालाई विश्वासको मत सांसदलाई कारबाही गर्ने सम्मका एजेण्डाहरु समावेश गरिएका छन् ।

सर्वोच्च अदालतको फैसला सम्बन्धी पार्टी दृष्टिकोण बनाउने, संगठन निर्माण, निर्वाचनको तयारी लगायतका एजेण्डा एमालेको केन्द्रीय कमिटी बैठकमा छलफल हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top