ताजा समाचार


महिला फुटबल टिममा ३ जना सहायक प्रशिक्षक नियुक्त

द रियल समाचार     २०७८ श्रावण ५, मंगलवार, १४: ४२ मा प्रकाशित




काठमाण्डौ । एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको राष्ट्रिय महिला फुटबल टिममा ३ जना सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

भगवती राना मगर, चेतन घिमिरे र अरुणा गुरुङलाई सहायक प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राइले जानकारी दिए । उनीहरुलाई एएफसी महिला एसियन कप–२०२२ छनोट सम्मका लागि नियुक्त गरिएको राईले बताए ।

महिला टिमको मुख्य प्रशिक्षकमा भने ग्यारी फिलिप्स रहेका छन् । हाल अस्ट्रेलियामै रहेका फिलिप्स केही हप्तामै नेपाल आइपुग्ने प्रवक्ता राईले जनाकारी दिए । फिलिप्सको अनुपस्थितमा ३ सहायक प्रशिक्षक सहित १ गोलरक्षक प्रशिक्षकले सोमबारबाट बन्द प्रशिक्षण सुरु गरेका छन् । एन्फाले गोलरक्षक प्रशिक्षकको जिम्मेवारी प्रकाश बैद्यलाई सुम्पिएको छ ।

बन्द प्रशिक्षमा ४५ जना समावेश छन् । प्रतियोगिताको छनोट चरणमा नेपाल, हङकङ र फिलिपिन्ससँगै समूह ‘एफ’ छ । एएफसीले छनोट चरणका खेल १३ देखि २५ सेप्टेम्बरसम्मका लागि तोकेको छ । समूह ‘एफ’ का खेल नेपालको घरेलु मैदानमा हुनेछन् । समूहको विजेताले अर्को वर्ष भारतमा हुने एएफसी महिला एसियन कप खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top