ताजा समाचार


प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारका लागि एमालेको निर्णय कुर्ने

द रियल समाचार     २०७८ श्रावण ५, मंगलवार, १४: २३ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि नेकपा एमालेको निर्णय कुर्ने भएका छन् ।

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका पक्षहरुले गर्ने निर्णयअनुसार उनले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

नेकपा एमाले आज ओली पक्षधरले केन्द्रीय कमिटी बैठक गर्दैछ । त्यस्तै, नेपालपक्षीय नेताहरुको आज छलफल हुँदैछ । यी दुवै समूहले के निर्णय गर्छन्, त्यही आधारमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी देउवाले गरेका हुन् । देउवाले यो साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

त्यसका लागि उनले आज विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top