ताजा समाचार


पर्सा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै

द रियल समाचार     २०७८ श्रावण ५, मंगलवार, १४: ११ मा प्रकाशित




पर्सा । प्रदेश नम्बर २ को पर्सा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको प्रहरीको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष ०७७/७८ मा मात्रै लागुऔषध तस्करीमा संलग्न १ सय ७४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । गत आर्थिक वर्षमा चरेस १ सय ५३ केजी, गाँजा ७ सय ८६ केजी, हेरोइन ६९ ग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा चरेस २८ केजी, गाँजा ६ सय २४ केजी र हेरोइन ४१ ग्राम बरामद गरेको थियो । त्यस्तै, ०७५/७६ मा चरेस ४ सय ५६ केजी, गाँजा ७ सय १७ र हेरोइन १ हजार ९ ग्राम बरामद गरिएको थियो । यसैगरी, प्रहरीले लागुऔषध अफिम गत वर्ष ८ केजी र ०७६/७७ तथा ०७५/७६ मा एक–एक केजी, फेनारगन ६ हजार ४४४ पिस, ०७६/७७ मा ३ हजार ५३ र ०७५/७६ मा ३ हजार ७६७ पिस बरामद गरेको जनाएको छ ।

लागुऔषध डाइजिल्याब गत वर्ष ७ हजार २५३ पिस, ०७६/७७ मा ३ हजार ३६४ र ०७५/७६ मा ३ हजार ३ हजार ८०५ पिस, नुर्फिन ७ हजार २३२ पिस, ०७६/७७ मा ३ हजार १११ र ०७५/७६ मा ३ हजार ७१७ पिस, नाइट्रोभेट ट्याब्लेट ८ हजार ८४१ पिस, ०७६/७७ मा ६ हजार १२ र ०७५/७६ मा ८ हजार २४५ पिस बरामद गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, गत वर्ष १०० एमएलको लागुऔषध कोरेक्स २ हजार ४९ बोतल, ०७६/७७ मा ८३४ र ०७५/७६ मा ४०५ बोतल बरामद गरेको छ ।यसैगरी, लागुऔषधसम्बन्धी विभिन्न कसुरमा गत वर्ष १ सय ३३ वटा मुद्दासमेत दर्ता गरेको खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top