ताजा समाचार


नेपाली राष्ट्रिय महिला टोलीको प्रशिक्षण सुरु

द रियल समाचार     २०७८ श्रावण ४, सोमबार, १६: १८ मा प्रकाशित




काठमाण्डौ । नेपाली राष्ट्रिय महिला टोलीले सोमबारबाट प्रशिक्षण सुरु गरेको छ ।

एएफसी महिला एसियन कप छनोट खेल्नका लागि प्रशिक्षण सुरु गरेको छ । प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । छनोटमा नेपाल हङकङ र फिलिपिन्ससँगै समूह ‘एफ’ मा छ ।

यो समूहको छनोट खेल नेपालले घरेलु मैदानमा आयोजना गर्नेछ । एएफसीले छनोट चरणको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बरलाई तोकेको छ । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष भारतमा हुने एएफसी महिला एसियन कप खेल्नेछ ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरु

एन्जिला सुब्बा, उषा नाथ, सावित्री किसन, सपना राई, अञ्जना राना मगर, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, गीता राना, अञ्जली योञ्जन, अनिता केसी, निशा थोकर, हिरा भुजेल, प्रिती राई, सिर्जना चेम्जोङ, रविना गोले, सुष्मा तामाङ, कविता धिमाल, पुनम जर्जा मगर, विमला विक, दिपा राई, सुनिता चौधरी, सपना लामा, रश्मी घिसिङ, इन्द्र राई, शर्मिला थापा, विमला चौधरी, घिम कुमारी गुरुङ,

सिर्जना खड्का, अमृता जैसी, निर्मला विक, मनिषा राउत, निर्मला उपाध्यय, रेखा पौडेल, दिपा न्यौपाने, पुजा राना, सिवानी कुश्वर, अमिशा कार्की, कुशुम खतिवडा, चुम्लुङमा राई, सरस्वती हमाल, सिर्जना सिंह, सलोनी राना मगर, रजनी थोकर र सविता राणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top