ताजा समाचार


कुटपिट घटनामा संलग्न भएको आरोपमा सप्तरीबाट ५ जना पक्राउ

द रियल समाचार     २०७८ श्रावण ४, सोमबार, १५: १३ मा प्रकाशित




सप्तरी । सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एकजनाको मृत्यु भएको घट्नामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खडक नगरपालिका–९ बस्ने ३२ वर्षीय नजबुल मियाँ, ५५ बर्षीय वालिस भनिने कालिस मियाँ, ६० बर्षीय रफु भनिने रफुवा मियाँ, ४२ बर्षीय इजराइल मियाँ र ३२ बर्षीय जाकिर मियाँ रहेका छन् ।

खडक नगरपालिका–९ लालपट्टीमा टोलमा गत जेठ २४ गते राति वैदेशिक रोजगारीको बिषयमा भएको विवादका क्रममा कुटपिट गरिँदा स्थानीय मो. दाउदको मृत्यु भएको थियो ।

७० बर्षीय दाउदको मृत्युपछि फरार भएका कुटपिटमा संलग्न भएका ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नाउव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरुलाई बोदे बर्साइन नगरपालिका–९ स्थित नेपाल भारत सीमा क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top