ताजा समाचार


पर्साबाट अवैध हतियारसहित एक पुरुष पक्राउ

द रियल समाचार     २०७८ श्रावण ४, सोमबार, १४: ४५ मा प्रकाशित




पर्सा । पर्साबाट प्रहरीले अवैध हतियारसहित एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–५ महुवनका ६० वर्षीय रामबाबु प्रसाद कलवार रहेका छन् ।

घरमा खानतलासी गर्ने क्रममा सुत्ने कोठाभित्र लुकाएर राखिएको एक थान एयर गन फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

कलवारले घरभित्र अवैध रुपमा हतियार लुकाएर राखेको गोप्य सूचनाको आधारमा सोमबार बिहान प्रहरी टोलीले उनको घर खानतलासी गरेको थियो । उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको प्रहरीले जनाएको छ ।

कलवारले घरभित्र हतियार कुन प्रयोजनका लागि राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका निरीक्षक दीपक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top