ताजा समाचार


प्रतिमा नीमा प्रतिष्ठानको पहलमा दोश्रो चरणको स्वास्थ्य सामग्री नेपाल ल्याइयो

द रियल समाचार     २०७८ श्रावण ४, सोमबार, १४: ०७ मा प्रकाशित




काठमाण्डौ । प्रतिमा नीमा प्रतिष्ठानको पहलमा दोश्रो चरणको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फ्लेक्स पोर्ट डट ओआरजी, हेनरी केयरर्स तथा मेड शेयरको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने गरि स्वास्थ्य सामग्री नेपाल ल्याइएको फाउन्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।

झण्डै १० करोड ५० लाख मूल्य बराबरको अनुदान सहयोगमा गाउन आइसोलेशन, फेससिल्ड, मास्क, डिजिटल थर्मोमिटर, पीपीई, बेडलगायतका सामग्रीहरु रहेका छन् ।

यसअघि पनि संस्थाले पहिलो चरणमा ३ करोड रुपैयाँ बढीको अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, मास्क, पिपिइ, इमर्जेन्सी बेड लगायतका स्वास्थ्य सामग्री ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top