ताजा समाचार


रौतहटबाट पेस्तोलसहित ३ जना पक्राउ

द रियल समाचार     २०७८ श्रावण ४, सोमबार, १३: ४९ मा प्रकाशित




रौतहट । रौतहटबाट पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मोतिहारी ग्राम बिजबनी घर भएका २४ वर्षीय देवेन्द्र यादवसहित ३ जना रहेका छन् ।

मौलापुर नगरपालिका–५ स्थित मौलापुरदेखि कलैया जाने सडकबाट प्रहरीले बिआर ०५ एपि ४०१६ र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल चेकजाँच गर्दा बिआर ०५ एपी ४०१६ नम्बरको मोटरसाइकलका चालक देवेन्द्रलाई उक्त पेस्तोल सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top