ताजा समाचार


पर्साबाट खैरो हेरोइनसहित एक वडाध्यक्षसहित ३ जना पक्राउ

द रियल समाचार     २०७८ श्रावण ४, सोमबार, १३: ४४ मा प्रकाशित




पर्सा । पर्साबाट खैरो हेरोइनसहित एक वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिकाका–१ का वडाध्यक्ष ५५ वर्षीय अमेरिका सहनी, ५२ वर्षीय रामआदेश सहनी र ४० वर्षीय बलिस्टर सहनी रहेका छन् ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट सादा पोसाकमा खटेको प्रहरी टोलीले आइतबार राति साढे १० बजे वीरगञ्ज महानगरपालिका–१९ बर्वास्थित सडक खण्डमा वडाध्यक्ष सहनी सवार ना १ ब ३५९५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट ७९ ग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

खैरो हेरोइन उनी सवार सरकारी नम्बर प्लेटको मोटरसाइकलबाट बरामद भएको थियो । वडाध्यक्ष सहनीसहित मोटरसाइकलमा पछाडि सवार स्थानीय रामआदेश सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्षकै पछाडि आइरहेका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही वडाका बलिस्टर सहनीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top