ताजा समाचार


आइतबार १८०१ नयाँ संक्रमित थपिए, १६६७ संक्रमणमुक्त, २३ जनाको मृत्यु

द रियल समाचार     २०७८ श्रावण ३, आईतवार, १८: ४५ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय १ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २ सय २३ र ३ हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ७८ जना गरी १ हजार ८ सय १ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यस्तै १ हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । तीमध्ये ९ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २२ हजार ८ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ५ सय ६१ जनाको आईसीयू र १ सय ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top