ताजा समाचार


भारतद्वारा नेपाललाई अनुदानस्वरुप १५० आइसीयू बेड सहयोग

द रियल समाचार     २०७८ श्रावण ३, आईतवार, १६: ५९ मा प्रकाशित




काठमाण्डौ । भारतले नेपाललाई अनुदानस्वरुप १५० आइसीयू बेड सहयोग गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले आइसीयु बेड हस्तान्तरण गरेका हुन् ।

आइसीयू बेड हस्तान्तरण कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना महामारीसँग जुध्न भारत लगायत अन्य छिमेकी राष्ट्रलाई सहयोग गर्न आग्रह गरे ।

भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्रै नभएर जनता–जनता बीचमा समेत निकट सम्बन्ध रहेको उनले बताए । कोरोनाभाइरससँग जुध्नका लागि भारतसँग अझै सहयोगको अपेक्षा गरेको उनले बताए ।

यस्तै आइसीयू बेड हस्तान्तरण गर्दै भारतीय राजदूत क्वात्राले (कोभिड—१९) विरुद्ध लड्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा १० लाख कोभिशिल्ड खोप भारतले नेपाललाई कहिले उपलब्ध गराउँछ भन्ने पत्रकारको प्रश्नमा भने क्वात्राले स्पष्ट जवाफ दिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top