ताजा समाचार


१४ बर्षीया बालिकालाई बलात्कार गरेर भाग्न खोजेका सर्लाहीका ललन विमानस्थलबाट पक्राउ

द रियल समाचार     २०७८ श्रावण ३, आईतवार, १६: ५२ मा प्रकाशित




काठमाण्डौ । १४ बर्षीया एक बालिकालाई बलात्कार गरेर लुकीछिपी विदेश भाग्न खोजेका सर्लाहीका एक युवकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

सर्लाहीको बलरा नगरपालिका–८ घर भएका २३ वर्षीय ललन महतोलाई एयरपोर्टबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । कतारको दोहा उड्न लागेको अवस्थामा प्रहरीले महतोलाई पक्राउ गरेको हो ।

महतो २०७७ भदौमा सर्लाही घर भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान पुरा गरेर अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

काठमाडौँमा पक्राउ परेका ललनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले बताए ।जिल्ला अदालत सर्लाहीबाट उनीविरुद्ध २०७७ भदौ १० मा पक्राउ पुर्जी जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top